आजबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै सरकार

काठमाडौँ – देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन्। त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले...

टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती

सिंजा, जुम्ला, : तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् । गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार...

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

काठमाडौँ, २९ कात्तिक: नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा...

कुखुरा पहिला कि अण्डा पहिला ?

कुखुरा पहिला कि अण्डा पहिला ? यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरा नै पहिला आएको थियो ।’ब्रिटेनका वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त निष्कर्षमा पुगेको बताएका छन् । वैज्ञानिकका अनुसार अण्डामा रहने छिल्कामा एउटा महत्वपुर्ण प्रोटिन हुने गर्छ । त्यो मात्र कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने...

तीन किसिमका आइफोन सार्वजनिक

क्यालिफोर्निया : अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गर्नुभयो । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ...

सामाजिक सञ्जालविरुद्ध कठोर कानुन, झुटो समाचार दिए एकाउन्ट बन्द

कायरो : इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा ‘सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्’लाई कामको जिम्मेवारी दिइएको छ । सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेबसाइटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ । ‘गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह...

फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन

काठमाडौं : सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ । फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने...

बिकेन सय रुपैयाँको इन्टरनेट लाइसेन्स

काठमाडौं : ग्रामीण र विकट क्षेत्रमा सेवा विस्तारका लागि सरकारले ल्याएको सय रुपैयाँमै पाइने इन्टरनेटको लाइसेन्स उपयोगविहिन भएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १० वर्षअघि यो सुविधा ल्याएको थियो । यस्तो अनुमतिपत्र (लाइन्सेन्स) लिन प्राधिकरणले सय रुपैयाँ शुल्क तोकेको थियो । तर, यस्तो लाइसेन्स लिन कोही पनि नआएपछि यो उपयोगविहिन बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सय रुपैयाँमै लाइसेन्स योजना अघि सारेर ग्रामीण र बिकट क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य...

अब सरकारी कार्यालयमा ट्वीटर अनिवार्य

काठमाडौं: सरकारले सबै सरकारी कार्यालयलाई सामाजिक सञ्जाल ‘ट्वीटर’ अनिवार्य रुपमा सञ्चालन गर्ने गरी निर्देशिका तयार पारेको छ । सरकारी कार्यालयले ट्वीटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै सरकाले यसको लागि कार्यविधि तयार पारी अघि बढेको बताएको छ । यो सँगै सरकारी कार्यालयले अनिवार्यरुपमा आफ्नै ट्वीटर ह्याण्डल सञ्चालन गर्नु पर्नेछ । उक्त ट्वीटर ह्याण्डलमार्फत आफ्नो मन्त्रालय तथा विभागको सुचान प्रकाशित गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसारसबै सरकारी त्यसकालागि प्रधानमन्त्री...

बेलायतमा फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना

काठमाडौँ — बेलायतको सुरक्षा निकायले फेसबुकलाई अधिकतम ५ लाख पाउन्ड जरिवाना गर्ने भएको छ। त्यहाँको सूचना आयुक्तको कार्यालयले ‘क्याम्ब्रिज एनालिटिका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न नसकेको भन्दै फेसबुकलाई यस्तो जरिवाना गर्न लागेको जनाएको हो। कार्यालयले बेलायतमा रहेको ‘क्याम्ब्रिज एनालिटिका’ को मातृ कम्पनी ‘एससीएस इलेक्सन’ लाई पनि मुद्दा दायर गर्ने भएको छ। राजनीतिक उद्देश्यका लागि व्यक्तिगत जानकारीहरू संकलन गरी प्रयोग गरिएको भन्दै आयुक्तको कार्यालयले अनुसन्धान थालेको थियो। विशेषगरी २०१६ मा भएको अमेरिकी निर्वाचनमा बेलायती कम्पनी एनालिटिकाले संसारभरका प्रयोगकर्ताको...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...