कुवेतले दियो १५८ रनको लक्ष्य, रोहितको उत्कृष्ट बलिङ

काठमाडौं:यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए । खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो...

नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य, सतक हान्न ५ रनले चुके रोहित

मलेसियाको क्वालालम्पुरमा जारी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तगर्त जारी खेलमा नेपालले सिंगापुरलाई २८३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपाल ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको हो ।नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ९५ रनमा आउट भए । उनले १०५ बल खेलेका थिए । ४५ औं ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएपछि नेपाल २८३ रनमा सीमित भएको हो । अर्का ब्याट्सम्यान रसिद खान २ रनले अर्धशतक बनाउनबाट चुके । उनले ४७ बलमा...

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर...

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ : एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम चैत (रासस)लमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि दुई÷दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने...

नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित

काठमाडौँ:एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए ।...

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा

काठमाडौँ: एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ । ३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक...

पाकिस्तान सुपर लिग खेलेर सन्दीप स्वदेश फर्कँदै

काठमाडौँ: राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए। सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोड्ेको थियो । उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

खेलकूदमा लगानी बढाउन सुझाव

काठमाडौँ: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित युवा तथा खेलकूद उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई बुझाएको छ । समितिको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति घर्तीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । विसं २०७५ मङ्सिर २ गतेको बैठकले गठित सो उपसमितिमा गजेन्द्रबहादुर महत, दुलारीदेवी खत्वेनी, तिलबहादुर महत क्षेत्री, रेखाकुमारी झा, सन्तकुमार थारू र सुरेशकुमार राई रहनुभएको थियो । युवा तथा खेलकूद मन्त्रालयअन्तर्गतका निकायबाट सम्पादन हुने कार्यक्रमलाई अगामी दिनमा थप प्रभावकारी बनाउन समितिले विभिन्न सुझाव दिएको छ ।...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानोगौचरण युवा क्लब र...

कुवेतलाई नेपालले हरायो, कुवेत ३० रनले पराजित

महिला टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

किराँत राई र साकेला नाच

जालपा (खोटाङ) : किराँत राई आफ्नो सांस्कृतिक राजनीतिक भौगोलिक र मनोवैज्ञानिक अवस्था भएको समूह...