संविधानका तीन बर्ष: सिक्दै, नयाँ बाटो पहिल्याउँदै

काठमाडौं : सात दशक लामो क्रान्ति र आन्दोलनपछि स्थापित संविधानसभाबाट निर्मित संविधानले बुधबार चौथौ वर्षमा पाइला टेक्दैछ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘विवाद र दबाब’बीच निर्मित संविधानले ३ वर्षमा संघीयता र मौलिक हक कार्यान्वयनका संवैधानिक र कानुनी संरचना तयार पारिसकेको छ । जारी भएको पहिलो वर्ष चुनाव गराउन कानुनी आधार निर्माण, दोस्रो वर्ष तीन तहको चुनाव र तेस्रो वर्ष मौलिक हकसम्बन्धी कानुन निर्माण भएका छन् । संघीय सरकार, ७ प्रदेश, ६ सय ५३ स्थानीय तह र ७७ जिल्लाको प्रशासनिक संरचना संविधानले संस्थागत...

सामाजिक सञ्जालविरुद्ध कठोर कानुन, झुटो समाचार दिए एकाउन्ट बन्द

कायरो : इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा ‘सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्’लाई कामको जिम्मेवारी दिइएको छ । सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेबसाइटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ । ‘गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह...

न्यायाधीश जोशीले राजीनामा नदिने, उनले भने: ‘वन्स अ जज, अल्वेज अ जज’

काठमाडौं – संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए। राजीनामा दिने सोचमा हुनुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘वन्स अ जज अल्वेज अ जज, किन दिने राजीनामा !’ न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन्। सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन्। कानुनअनुसार आफू नै वरिष्ठ भएकाले...

कांग्रेसको समिक्षा: ६ महिनामा सरकारका ७ कमजोरी

बर्तमान सरकार गठन भएको ६ महिना पुगेको छ । अघिल्लो बर्षको फागुन ३ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले यसबीचमा जनअपेक्षा अनुसार काम गर्न  नसकेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको दावी छ । काम गर्ने बेलामा सरकारले आश्वासन मात्र बाँडिरहेको आरोप कांग्रेसको छ । सरकारका ६ महिनाको समिक्षा गर्दै कांग्रेसले ७ वटा कमजोरी औंल्याएको छ । राष्ट्रियता : राष्ट्रवादमा चुक्यो ओली सरकारको राष्ट्रियता उग्रराष्ट्रवादको कारुणिक विसर्जन भएको कांग्रेसले आरोप लगाएको छ । ‘निर्वाचनको मैदानमा मत माग्दै गर्दा उग्रराष्ट्रवादको लहरले...

सरकारको आर्थिक नीति र कामप्रति कांग्रेसको असन्तुष्टि

कांग्रेस नेताहरूले संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती रहेको बताएका छन्। कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा नेताहरूले जथाभावी कर उठाएर अहिले मुलुकमा देखिएको आर्थिक समस्या पूरा नहुने बताए। नेता रामचन्द्र पौडेलले सरकारको सुरुआती काम नै राम्रो नभएको बताए। ‘दुईतिहाइको सरकार शक्ति हुँदाहुँदै पनि अलमलिइरहेको छ,’ उनले भने, ‘आगामी निर्वाचनमा कम्युनिस्ट कमजोर भएमा हामीले जित्छौँ भन्ने भ्रममा पर्न हुन्न। कांग्रेस संगठन निर्माणमा लागेर राम्रो गर्दा हामी जित्छौँ।’ पूर्वअर्थमन्त्री डा. रामशरण महतले कुल...

७६ प्रतिशत डाक्टर फेल

काठमाडौं : ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्। काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि...

पहिलो संसद्का विपक्षी नेता भरत शम्शेरको निधन

काठमाडौं : पहिलो संसद्का विपक्षी दलका नेता, कांग्रेसका पुराना नेता भरत शम्शेर राणाको शनिबार निधन भएको छ । ८९ वर्षीय राणाको भारतको कोलकातास्थित निवासमा निधन भएको उनका भतिजा एवं कांग्रेस नेता उदय शम्शेर राणाले जानकारी दिए । नेता उदयशम्मेरशका अनुसार ठूलो बुबाको इच्छा अनुसार उनको पार्थिव शरीर कोलकाताको निल रतन सरकार मेडिकल रिर्सच कलेजमा बुझाइने भएको छ । उदयले भने, ‘ठूलो बुबालाई पुनर्जन्ममा विश्वास थिएन । त्यसैले उहाँको इच्छा अनुसार मृत्युपछि शवलाई दाहसंस्कार नगर्ने र शव अस्पताल बुझाउने भयौं...

डा अर्यालको ‘मनको तीरैतीर’ विमोचित

काठमाडौं : डा अस्मिता अर्यालको ‘मनको तीरैतिर’ नामक कविता संग्रह सार्वजनिक भएको छ। कविता संग्रहको प्रसिद्ध गीतकार कालीप्रसाद रिजाल, साहित्यकार वशसन्त चौधरी र अस्मिताका पिता एकनारायण अर्याल र माता मायादेवी अर्यालले संयुक्त रुपमा विमोचन गरे। विमोचन कार्यक्रममा बोल्दै गीतकार रिजालले मेडिकल डाक्टरकी विद्यार्थीले साहित्य सिर्जना गर्नु कठिन कार्य भएको भन्दै अर्यालको कविको प्रशंसा गरे। रिजालले अर्यालको साहित्यिक कृत्रिले सामाजिक विकृतिलाई प्रहार गर्न सफल भएको बताए। सँगै समालोचक प्रा डा सावित्री कक्षपतिले मेडिकल र प्राविधिक क्षेत्रकी विद्यार्थी साहित्यिक क्षेत्रमा रम्नु...

नेपाल एयरलाइन्सको खेलाँची : राष्ट्रपतिकै उडानमा कार्यविधि उल्लंघन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल वायुसेवा निगमले गम्भीर लापर्वाही गरेको पाइएको छ। भण्डारीले गत वर्ष १२ मे २०१७ मा गरेको श्रीलंका भ्रमणका क्रममा निगमले ‘मानक सञ्चालन कार्यविधि’ (स्ट्यान्डर्ड अपरेटिङ प्रोस्युडर) विपरीत पाइलट तथा को–पाइलटको बन्दोबस्त गरेको फेला परेको छ। राष्ट्र प्रमुखको हैसियतमा भण्डारीले काठमाडौंदेखि बैंककसम्म निगमको विमानबाट यात्रा गरेकी थिइन्। अति विशिष्ट व्यक्तिको उक्त यात्राका क्रममा निगमले एकजना पाइलट र दुईजना को–पाइलटको मात्र बन्दोबस्ती गरेर उक्त कार्यविधिविपरीतको कार्य गरेको हो। निगमले क्याप्टेन सुवास रिजालको नेतृत्वमा...

अनुगमनस्थलमै तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था

उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता गरिएको छ। बजार अनुगमन गर्ने निरीक्षकले दोषी व्यवसायीलाई तत्कालै ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखेर बनेको विधेयक संसद्मा दर्ता भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिनिधिसभामा पेस गरेको विधेयकमा अनुगमन निरीक्षक र अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई शक्तिशाली बनाइएको छ। निरीक्षकले २० हजारदेखि तीन लाख रुपैयाँसम्म अनुगमनस्थलमै जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा छ। एउटै व्यवसायीले बारम्बार गल्ती दोहो-याएमा प्रत्येकपटक दोब्बर जरिवाना गर्न...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...