काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी, सेवा अवरुद्ध

काठमाडौं : राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।

गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

काठमाडौं : गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल...

आज पृथ्वी जयन्ती मनाइँदै

काठमाडौं:  नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै...

प्रहरी हवल्दारद्वारा गोली हानेर आत्महत्या

जाजरकोट : जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । उनले भने, ‘जिल्लाबाट इन्सपेक्टरको कमाण्डमा टोली पठाएका...

ऊर्जामन्त्री पुन यूएई प्रस्थान

काठमाडौं : अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् ।उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए । मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ । टोलीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा....

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, शुक्रबारबाट मौसममा सुधार

काठमाडौं :पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।अहिले काठमाडौं उपत्यकाको आकास बादल लागेर धुम्म छ । गएराति हल्का पानीसमेत गरेको थियो । पश्चिम क्षेत्रमा पनि पानी परिरहेको छ । बुधबार दिउँसो र राति पनि पश्चिम, मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात...

दुई बुहारी मिलेर सासूको हत्या

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् ।७६ वर्षीया कौशीला बिकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको डीएसपी घलेको भनाइ छ । पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लिगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले...

सुनको मूल्य प्रतितोला ७६ हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावँल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ ।यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ । गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ...

मौसममा फेरि बदली, बेलुकीदेखि देशैभर पानी र हिउँ पर्ने

काठमाडौं : पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।  आज (सोमबार) दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।  यतिखेर भने...

मौरीको टोकाइबाट वृद्धाको मृत्यु

चितवन : पूर्वीचितवनमा मौरीले चिलेर १ महिलाको ज्यान गएको छ ।रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो । घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।  

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...