तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै : शुक्रबार बिहान काठमाण्डाै आसपास भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे । बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे ।

कोरोनाले इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ । योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।बीबीसीका अनुसार,...

मलेसिया बुधबारदेखि १४ दिन लकडाउन

काठमाडौं: विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि नेपालको प्रमुख रोजगारीको गन्तव्य मुलुक मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागको हो । लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य बनाइएको छ...

कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान गएको छ ।भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाकाे मृत्यु भएको पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि,...

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या दुई गुना बढ्यो

काठमाडौं: दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरसको संक्रमितको संख्या दुई गुना पुगेको छ । कोरियामा कोरोना भाइरसको पुष्टि भएका मानिसको संख्या दुइ गुना बढेको हो ।शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ ।चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो । दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप...

कोरोनाबाट हङकङमा पनि एक जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युकाे अर्काे घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो । साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ । ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर...

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौ: कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ।बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको जनाएको छ। साथै सो भाइरसको ७ हजार ७ सयलाई संक्रमण रहेको बताइएको छ। मृत्यु हुनेहरु प्राय चीनको मध्य प्रान्त हुबेइका रहेको रोयटर्सले जनाएको छ। यो भाइरस गत महिना चीनको प्रान्तीय राजधानी वुहान शहरको एक जीवित जंगली जनावरमा देखा परेको थियो। कोरोना भाइरसको प्रभाव बढेसँगै विभिन्न राष्ट्रका नागरिकहरुले चीन छाडेका छन्। हालसम्म १९५ अमेरिकी...

बास्केटबल लेजेण्ड कोब ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौं : विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्ट, उनकी छोरी जियानासहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन । ४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको...

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग इतिहासकै सबैभन्दा हतारमा र अनुचित

काठमाडौं :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अनुचित भएको सिनेटका रिपब्लिकन तर्फका नेता मिच मक्कनेलले बताएका छन् ।डेमोक्र्याटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधि सभाले, उनकै शब्दमा, पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त नजिर बसाउने उनले बताए । तर डेमोक्र्याटस्का नेता चक शुमरले भने मक्कनेलले राष्ट्रपतिका कदमको बचाउमा केही नबोलेको बताए ।आफ्नो भाषणमा मिच मक्कनेलले १२ साता लामो अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति र्पुयाउनसक्ने चेतावनी दिए ।उनले ट्रम्पले कुनै कानुन तोडेका छन् भन्ने पुष्टि...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग प्रस्ताव पारित

काठमाडौं:  अधिकार दुरुपयोग गरेको अभियोगमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग प्रस्ताव पारित भएको छ ।अमेरीकको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो । अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...