जापानको श्रम बजारमा नेपालीलाई अवसर

काठमाडौँ : जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका...

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

काठमाडौँ : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो । भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको...

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर : कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छीन् । “बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भनिन्, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहनुभएकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताइन् । “तरकारी बेचेर...

प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

धनुषा : श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना...

शेयर बजार आज पुनःओरालो

  काठमाडौँ,:आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा...

पूँजीबजार सुधारको माग राख्दै आमरण अनशन

काठमाडौँ : पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए। दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे । दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको...

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

दमौली : तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो  । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिए। अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार...

वाइडबडी खरिद सम्झौता नै शंकास्पद !

काठमाडौं : विवादास्पद बन्दै गएको वाइडबडी जडाज खरिद प्रक्रियाका सम्बन्धमा सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानविन सुरु गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक छानबिनका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरूमा प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागाईं छन् । उपसमितिलाई विमान खरिद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।...

सांसद विकास कोषको रकम सडकमा

बैतडी : सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन् । रु चार करोडमध्ये करीब रु तीन करोड सडकमै छुट्याइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक तथा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सांसद विकास कोषबाट बैतडी जिल्लाका झण्डै १२ वटा सडक निर्माण गर्ने...

रारा तालमा साइकल मार्ग

रारा (मुगु) : कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यही क्षेत्रफललाई परिक्रमा गरी यहाँको प्राकृतिक सैन्दर्य लिन...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...