कोठा तताउने कोरियन प्रविधि अव नेपालमा

Featured Video Play Icon

काठमाण्डौ, अलगधार कोरियामा सर्वाधिक लोकप्रिय हिटिङ प्रविधि नेपालमा भित्रिएसँगै चिसोबाट जोगिन अव धेरै तनाव लिन नपर्ने भएको छ । कोरियामा अत्याधिक लोकप्रिय यो आधुनिक प्रविधिलाई एस एल जी होल्डिङग्सले नेपालमा भित्राएको हो । यो प्रविधि अन्तर्गत घर निर्माण गर्ने समयमा नै ३० देखी ३५ हजार रुपैया मात्रै खर्च गर्दा जीवनभरलाई घर तातो बनाउन सकिने यसका निर्यात कर्ताहरुले जानकारी दिएका छन् । विजुलीको प्रयोग गरी घर निर्माण गर्दा कोरियन प्रविधि मार्फत एक प्रकारको पाइप विछाइने गरिन्छ । यो पाइप लाइन...

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने फैसला

काठमाडौँ: सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले...

मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

पर्वत: चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन...

सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा

नेपालगञ्ज: घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यो, तर सफल भने हुन सकेका छैनौँ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगञ्ज...

चितवन महोत्सव शुरु

चितवन : उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै...

चिया एक : स्वाद अनेक

इलाम : चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि किलोको दुई सयदेखि एक हजारसम्म । तर इलामको एउटा प्रशोधन केन्द्रमा स्वाद र गुणस्तरअनुसार फरकफरक २५ प्रकारका चिया...

मस्र्याङ्दीबाट विद्युत् उत्पादन घट्यो

दमौली : उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिए । उनले भने, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।” आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३-२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४०...

बारीमै उखुबाट सख्खर

बनियानी : झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गरेका छन् । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भने, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।” भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उनले बताए । अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गर्नुभएका...

साना किसानको ऋण मिनाहा गर्ने घोषणा

पर्वत : सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो । आव २०७४/७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज रु १८ लाख ९३ हजार १२८ र साँवा रु चार लाख ४५ हजार ५९२ गरी रु २३ लाख...

आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी

काठमाडौँ : नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ । मकवानपुरका सेन राजाको पालामा निर्माण...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...