बुधबार सुनको मूल्य स्थिर

काठमाडौं :साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य प्रतितोला साढे ७३ हजार पुग्यो

काठमाडौं : बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो ।तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो...

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आइतबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एक हजारले घट्यो

काठमाडौं :शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो । शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण...

सुनको भाउ घट्यो

काठमाडौं : निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली...

सुन प्रतितोला ७१ हजार

काठमाडौं : तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन ।...

काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै

काठमाडौँ, १२ फागुन:  विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो । प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतीजा सार्वजनिक गर्दै...

कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

पर्सा : भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गर्नुभयो । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट...

युवाको वैदेशिक रोजगारमा आकर्षण

सिरहा: कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन । थोरै जग्गा भएका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी जाने क्रममा तीव्रता आएको छ । कृषि व्यवसायबाट छ महीनामात्र खान पुग्ने भएकाले यहाँका पासवान समुदायका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दैआएका थिए । परिवर्तित...

जनताको लगानीमा १९ आयोजना

काठमाडौँ: सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्वपूर्ण कार्यक्रम घोषणा गरेको हो । कार्यक्रमअनुसार कूल संस्थापक शेयरधनीमध्ये ५१ प्रतिशत नेपाल सरकारका निकाय तथा ४९ प्रतिशत शेयर आम नेपाली नागरिकबाट उठाउने लक्ष्य राखिएको छ । स्वपूँजीको रुपमा ३० प्रतिशत रकम आन्तरिक स्रोतबाट परिचालन गर्ने...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...