सनसिटीका बासिन्दामा कोरोना परिक्षण शुरु

April 15, 2020

सनसिटीका बासिन्दामा कोरोना परिक्षण शुरु
काठमाण्डौ, वैशाख ३ गते
कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ मा रहेको सनसिटी अर्पाटमेन्टमा बसोबास गर्नेहरुको कोरोना परिक्षणको काम शुरु भएको छ । सनसिटीमै बसोवास गर्ने बासिन्दाका अनुसार बुधवार २ सय ५० जनाको परिक्षण गरिनेछ । दुई दिन अगाडी मात्रै सनसिटी मै बसोवास गर्ने एउटा परिवारका तीन जनामा कोरोना संक्रमण रहेको पुष्टि भएपछि त्यो क्षेत्रमा बसोवास गर्ने सवैको परिक्षण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । सो अपार्टमेन्टमा बसोवास गर्ने एक जना बासिन्दाका अनुसार कोरोना संक्रमण पाइएको परिवारका सदस्यहरु सुरक्षाका साथ नै बसेका थिए । त्यसै कारण बाहिर बजारमा हल्ला भएजस्तो उनीहरु जता सुकै नगएको बताइएको छ । कोरोना संक्रमण भएको भनिएका परिवारका सदस्यहरुलाई अहिले चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको छ । उनीहरु तीनै जनाको अवस्था सामान्य रहेको पनि बताइएको छ । नेपालमा अहिले कोराना संक्रमण देखिएको भनिएका १६ जनाको अवस्था पनि सामान्य नै रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरु मध्ये धेरै जना स्वास्थ्य लाभ गरी केही दिनमा डिस्चार्ज गर्ने तयारीमा रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...