कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु
March 13, 2020
काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान गएको छ ।भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो ।
भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाकाे मृत्यु भएको पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयाे । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।
कर्नाटक राज्यकाे स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार यहाँका ७४ मानिसमा कोरोना लक्षण देखिएको छ । पछिल्लो २४ घण्टामै मात्रै कोरोनाका १२ बिरामी थपिएका छन् ।
कोरोना संक्रमण फैलन थालेसँगै भारतले सतर्कता अपनाएको छ । उसले बुधबारमात्रै १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...
नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...
प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...
नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...