मोरङमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

February 16, 2020

काठमाडौं : मोरङमा आज (आइतबार) भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।बिहान ग्रामथान गाउँपालिका-३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिन मोटरसाइकलका चालक २० वर्षीय चन्द्र मिर्गा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै, जदाह गाउँपालिका-५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा-५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी को३७प ९७४३ नम्बरको मोटरसाइकलको चालक हुन् ।अर्को मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...