सुनको मूल्य प्रतितोला ७६ हजार पुग्यो

January 6, 2020

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावँल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ ।यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।

अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोही असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले  बताए ।पुसमा सुनको कारोबार खासै नहुने भए पनि बड्दो मूल्यले सुन बजार झनै सुनुसान बनेको उनले बताए ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...