भोलिबाट मौसममा बदली आउने

December 10, 2019

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम भोलि (बुधबार)देखि बदली हुने जनाएको छ।महाशाखाका अनुसार हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने देखिन्छ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

विशेष बुलेटिनमा भनिएको छ– उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ।साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...