नेकपाको सचिवालय बैठक बस्दै

December 9, 2019

काठमाडौं: कार्यकारी अधिकारप्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । बैठक अपराह्न नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने छ । बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने भएको छ ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पार्र्दै छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।

सोमबारको बैठमा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ ।भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको वडाध्यक्षको पराजय पनि नेकपालाई अप्रत्याशित बनेको छ । त्यहाँको हारबारे समीक्षा रिपोर्ट आएको छ । समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण हुन सकेको छैन ।प्रचण्डले यसअघि माधव नेपाललगायतका नेताहरुसँग पनि परामर्श गरेका छन् । नेपालले भने पोलिटव्युरो गठन गर्न प्रचण्डलाई सुझाएका छन् उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...