जापानबाट वर्षासँग अमेरिका उडे अनमोल

November 28, 2019

काठमाडौं : आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा चलचित्र ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र चलचित्र ‘गोपी’ बाट सह(अभिनेत्रीको अवार्ड जितेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् ।

वर्षाले जापानको विमानस्थालमा अनमोलसँग बसेको एक तस्विर इन्स्टाग्राम स्टोरीमा साझेदार गरेकी छन् । तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी हुनका लागि अमेरिका पुगेका थिए । वर्षाले भने पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागिता जनाउँदैछिन् । अमेरिकामा बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड हुँदैछ ।

अनमोल र वर्षासँगै अभिनेता भुवन केसी पनि अवार्डमा सहभागी हुन जापानबाटै अमेरिका उडेका छन् । अवार्डमा भाग लिनका लागि नेपालबाट निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं पनि अमेरिका उडिसकेका छन् । राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, सन्ध्या केसी पनि अवार्डमा सहभागी हुनका लागि अमेरिकामा जाने बताइएको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको मुख्य आयोजनामा हुन ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुन लागेको हो । कार्यक्रममा नेपालबाट जानेचर्चित कलाकारहरू र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले अवार्डको गरिमा बढाउन आ(आफ्नो कला प्रस्तुत गर्ने बताइएको छ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...