ट्वीटरमार्फत प्रधानमन्त्रीले भने- ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’

November 28, 2019

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटरमार्फत बिहीबार आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका छन् । बिहान १०.४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिँदै उनले यसमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

उनले लेखेका छन् -‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...