बार्सिलोना नकआउट चरणमा

November 28, 2019

काठमाडौं : लिओनल मेस्सीले च्याम्पियन्स लिगमा ३४ फरक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गर्दा स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नटआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले जर्मन क्लब डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि मेस्सीले १ गोल गरे भने अर्को १ गोलका लागि सहयोग गरे ।मेस्सीले बार्सिलोनाको लागि ७ सय पटक खेल खेल्दै गोल गरेका हुन् ।

डर्टमण्डका लागि युलियन ब्राण्डले १ गोल फर्काए । जितपछि ५ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्ने पक्का भएको छ । समान खेलबाट डर्टमण्डको ७ अंक छ । यस्तै सिल्भिया प्रागलाई ३–१ ले नै पराजित गरेको इटालियन क्लब इन्टर मिलानको पनि ७ अंक नै छ । इन्टरका लागि लाउटारो मार्टिनेजले २ तथा मेलु लुकाकुले एक गोल गरे । अब इन्टर र डर्टमण्डमध्ये एक क्लब बार्सिलोनासँग नकआउट चरणमा पुग्नेछ ।अब समूहको अन्तिम खेलमा इन्टरले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ भने डर्टमण्डले प्रागसँग खेल्नेछ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...