दुर्गेश थापाले युट्युबबाट हटाए तिहार सम्बन्धी गीत

October 22, 2019

काठमाडौँ : गायक दुर्गेश थापाले तिहार सम्बन्धी गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । तिहारको उच्छ्रिङ्खल गीत गाएको भन्दै उजुरी परेपछि प्रहरीले गायक दुर्गेश थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीकै नियन्त्रणमा हरेका गायक थापाले युट्युबबाट गीत हटाएका हुन् ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो जिल्ला प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न भनेको थियो । दुर्गेशलाई बालाजुबाट नियन्त्रणमा लिएर महाशाखाको ल्याइएको प्रहरीले जनाएको छ ।तिजका बेला सार्वजनिक गरेको गीत बिच्च बिचमा बाट उनी चर्चामा आएका हुन्।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...