रोनाल्डोलाई उछिन्दै मेस्सीले जिते फिफा वर्ष खेलाडी अवार्ड

September 24, 2019

काठमाडौं: मेस्सी युग अझै समाप्त भएको छैन र अझै मेस्सीको समय बाँकी छ, यसको पछिल्लो प्रमाण बनेको छ–उत्कृष्ट वर्ष खेलाडीका विश्व फुटबलको प्रशासकीय निकायले दिने अवार्ड । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।उनले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो र मेस्सीको भूमिका त्यसमा महत्वपूर्ण थियो ।

गएको सिजन बार्सिलोना र अर्जे्न्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका मेस्सीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर मेस्सीले भान डिजेकलाई पछि पारे ।

भान डिजेकको टिम लिभरपुलले गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो र इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो ।मिलानमा सोमबार राति भएको अवार्ड वितरण समारोहमा मेस्सी विजेता घोषित भए । युभेन्टसका रोनाल्डो र लिभरपुलका भान डिजेकलाई उनले पछि पारे । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् ।

उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् । ३२ वर्षका मेस्सीको टिमले ला लिगाको उपाधि जितेको थियो तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो ।समारोहमा अमेरिकाकी मेगन रापिनाइले महिला वर्ष खेलाडीको अवार्ड जितिन् । यस्तै वर्ष प्रशिक्षकको अवार्ड लिभरपुलका जर्गेन क्लोप्पले प्राप्त गरे । उनले म्यानचेस्टर सिटीका पेप गार्डिवला र टोटनह्यामका माउरिसियो पोकेटिनोलाई पछि पारेका हुन् । महिला टिमको प्रशिक्षकको अवार्ड जिल एलिसले जितेको समारोहमा बताइयो ।लिभरपुलका एलिसनले सर्वोत्कृष्ट गोलरक्षकले पाउने अवार्ड पाए । यस्तै लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले फेयर प्ले अवार्ड पाएका छन् । १८ वर्षका ड्यानिएल ज्सोरीले उत्कृष्ट गोलका लागि दिइने पुस्कास अवार्ड पाए ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...