पन्ध्र मिनेट मात्र ढिला भएको हो, माफी मागिसके :मन्त्री भट्टराई

September 15, 2019

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही युवाहरुले आक्रोस व्यक्त गरिरहेको शनिवार राती एकाएक एउटा भिडियो सार्वजनिक भएको छ । यो नेपालगञ्ज एयरपोर्टबाट उड्न ठिक परेको बुद्ध एयरको विमानभित्रको दृष्य हो ।मन्त्री भट्टराईका कारण १ घण्टा जहाजमा कुर्नुपरेको भन्दै युवाहरुले हंगामा मच्याएका थिए । मन्त्री भट्टराई काठमाडौं आइसकेपछि सामाजिक सञ्जालमा स्पष्टिकरण दिए । आफ्नो कारणले १५ मिनेट ढिलाई भएको भन्दै उनले क्षमा मागेका छन् ।

भिडियोमा १ घण्टा कुराएको आरोप लगाइएको छ भने मन्त्री भट्टराईले आफू १५ मिनेट मात्र ढिला आइपुगेको बताएका छन् । यसको वास्तविकता के हो त ? बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । नेपालगन्ज विमानस्थल प्रमुख प्रेम ठाकुरले बुद्ध एयर अवतरणदेखि नेपालगन्जबाट उडेको समयसम्म उपलब्ध गराए ।

त्यसअनुसार नेपालगन्जमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण गरेको थियो । जहाज अवतरण गरिसकेपछि करीव ३०/३५ मिनेट जहाजमा भएका यात्रु झर्न, तेल राख्न र जहाज भित्र सरसफाईमा लाग्ने गर्छ । त्यसपछि यात्रु चढाउने काम सुरु हुन्छ । ठाकुरका अनुसार ६ः४८ मिनेट जाँदा सबै यात्रु जहाजमा चढेका थिए । त्यतिन्जेल मन्त्रीसहितको टोली विमानस्थल प्रवेश गरेको थियो । विमानस्थलको प्रक्रिया पूरा गर्दा केही ढिला भयो ।

यात्रु चढिसकेपछि करीव १०/१२ जनाको समूह जवर्जस्ती जहाजबाट बाहिर निस्किएर नाराबाजी गर्न लागे । बुद्ध एयर र नेपालगन्ज विमानस्थलका कर्मचारीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दै सबैलाई जहाजभित्र जान आग्रह गर्दा ‘मन्त्रीको चम्चा धेरै नबोल’ भन्दै उनीहरुले कर्मचारीलाई थर्काएका थिए । १०/१२ जना मानिस बाहिर झरेपछि उनीहरु भित्र पस्दा करीव ५/७ मिनेट लागेको ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार ६ः५८ मा मन्त्री भट्टराईसहितको टोली सरासर जहाज भित्र छिरेको थियो । यसरी विशुद्ध मन्त्रीका कारणले चाहिँ करिब १० मिनेट मात्रै ढिलाई भएको विमान कम्पनीको दावी छ । ६ः४८ मा यात्रुहरु चढिसकेपछि त्यसको पाँच–सात मिनेटमा जहाज उड्थ्यो, तर मन्त्री आउन ढिलाई र हुलहुज्जतले गर्दा ७ः०६ मा मात्रै उड्यो ।

ठाकुरको भनाइ अनुसार बुद्ध एयरको जहाज नेपालगन्जमा अवतरण गरी, इन्धन भरेर, सरसफाई गरेर, यात्रु ओरालेर, चढाएर सबै काम सकाउँदा पनि कूल १ घण्टा समय लागेको छैन । ‘हामीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दा उल्टो तँ मन्त्रीको चम्चा भन्दै अपमानित गरियो ।नियोजित रुपमा फँसाउन खोजेको देखिन्छ । हामीसँग समयको एक/एक रेकर्ड छ । प्लेनको भ्वाइस रेकर्ड छ । भोली अनुसन्धान भयो भने स–प्रमाण देखाउन सक्छौं,’ उनले भने । बुद्ध एयरका अनुसार १०/१५ मिनेट मन्त्री ज्यूको टोली जहाजभित्र छिर्न ढिला भएको तर, त्यो पूर्वसूचना अनुसार भएको बताएको छ ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइका अनुसार मन्त्रीको सुरक्षामा खटिएका निजी सुरक्षाकर्मीले समेत होहल्ला गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर, उनीहरु सुन्ने पक्षमा भने थिएनन् ।योगेश भट्टराईपछिको उडानमा कांग्रेस सभापति शेरबहादुर देउवा थिए । तर, उनी श्री एयरलाइन्सको जहाजबाट काठमाडौं आएका हुन् । बुद्ध एयरमा केही यात्रुले नाराबाजी गरिरहँदा श्री एयरलाइन्स उक्त उडानपछि उड्ने लाइनमा थियो ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...