अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

September 1, 2019

काठमाडौं: अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।

एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...