‘पासवर्ड’को प्रीमियरमा नेपाल आउँदै सन्नी लियोनी

August 22, 2019

काठमाडौ : बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् ।

सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुने छिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड पि्रमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । भिडियोको अन्तिममा उनले चलचित्रलाई सफलता शुभकामना दिएकी छिन् ।चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुँदैछ । सन्नीले ३ दिन चलचित्रको प्रचारमा सहयोग गर्ने बुझिएको छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...