बार्षिक २ हजार दुर्लभ पंक्षी लाटोकोसेरोको अवैध व्यापार

February 8, 2019

रमेश पोख्रेल/ काठमाडौँ:   दुर्लभ पंक्षि लाटोकोसेरोको बार्षिक २ हजार अबैधरुपमा नेपालबाट बाहिर व्यापार हुने गरेको एक अध्ययनले देखाएको छ। चराको अध्ययन गर्दै आएको संस्था ‘प्रकृतिका साथिहरु’ ले गरेको अध्ययनले यस्तो देखाएको हो। अति संकटापन्न अवस्थामा लाटोकोसेरो रहेकेा भएपनि नेपालमा वाघ गैंडालाई जसरी संरक्षणमा प्राथमिकतामा नदिईएको प्रकृतिका साथीहरु सँस्थाका निर्दशक राजु आचार्यले जानकारी दिए। किंवदन्ती अनुशार बुटी तथा औषधी बनाउन लाटोकोसेकोको अवैध व्यापार हुने गरेको उनले बताए।

नेपालमा लाटोकोसेरो किसानहरुको साथी भएकाले यसको संरक्षण आवश्यक भएको उल्लेख गरे । एक लाटोकोसेरोको परिवारले ४ महिनामा करिव तीन हजार मुसा खाने भएकाले पनि किसानको साथि हुने चरा विज्ञ समेत रहेका आचार्यले बताए। यसलाई देवीको रुपमा समेत केहीले पुज्ने गर्दछन्। सर्वसाधारणमा चेतना दिन उनले नेपालका विभिन्न जिल्लामा लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएका छन्।

पछिल्लो अध्ययनमा लाटोकोसेरो संसारमा २ सय २५ प्रजातीको छ।  अहिलेसम्म लाटोकोसेरोको संख्या कति छ भन्नेमा कुनै संस्थाले पनि तथ्यंक लिन नसकेको बताईन्छ। त्यसैले पनि लाटोकोसेरो उत्सव गरेर यसको संरक्षणको पहल गरिएको प्रकृतिका साथीहरु संस्थाले जनाएको छ।

कृषकको मित्र लाटोकोसेरो 

कृषकको अन्नबाली खाइदिने तथा नोक्सान गरिदिने मुसा एवं कीराफट्याङ्ग्राहरू लाटोकोसेरोले खाने हुँदा यसलाई कृषकको असल मित्रको रूपमा लिने गरिन्छ। एउटा बयस्क लाटोकोसेराको जोडीले बच्चा हुर्काउने करिव चार महिनाको अवधिमा आहाराको रूपमा झन्डै तीन हजार मुसा मार्दछ। यस अर्थमा सयौं जोडी लाटोकोसेराले लाखौंको संख्यामा मुसाको शिकार गर्दछ।

यसरी लाटोकोसेरोले मुसा लगायत किराफट्यांग्रा खाइदिने हुँदा कृषकले विषादीमा गर्ने खर्चको समेत बचत हुन्छ। जहाँ लाटोकोसेरोको उपस्थिति हुन्छ, त्यहाँ खेतीपाती राम्रो हुने भएकोले कृषि प्रधान देश नेपालको लागि यो पंक्षी निकै उपयोगी मानिन्छ। यसको अलावा यसले मानिसलाई हानि गर्ने सर्प, चमेरा, भ्यागुता तथा अन्य किराफट्यांग्राहरू खाएर मानिसलाई सहयोग गरिरहेको हुन्छ। लाटोकोसेरो पर्यावरणका दृष्टिले समेत उपयोगी मानिन्छ।

लाटोकोसेरोले कतिपय मृतजनावारलाई सफाचट पारी खाइदिने भएकोले यसले पर्यावरण सफा राख्न सहयोग गरेको हुन्छ। जहाँ लाटोकोसेरो पाइन्छ, त्यहाँ वातावरण स्वच्छ हुन्छ। त्यसैले लाटोकोसेरोलाई स्वच्छ वातावरणको व्यारो मिटरको रूपमा पनि लिने गरिन्छ।

त्यस्तै पारिस्थितिक प्रणालीमा लाटोकोसेरो माथिल्लो तहमा पर्दछ। मुसा, सर्प, चमेरा, भ्यागुता, किराफट्यांग्रा आदि खाएर पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्ने काम यसले गर्दछ । यसर्थ लाटोकोसेरो कृषक लगायत समग्र मानव समुदाय कै लागि निकै उपयोगी पंक्षीको रूपमा लिने गरिन्छ।

लाटोकोसेरो संरक्षणका चुनौती 

नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाइन्छ । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छ । सो मध्ये नेपाल सरकारले ८ प्रजातिका लाटोकोसेरोलाई दुर्लभ तथा संकटापन्न चराको सूचीमा राखेको छ ।

अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक लोप हुने अवस्थामा छन् । नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने तथ्यांक छ। बाघ, भालु कै हाराहारीमा अवैध व्यापार भए पनि लाटोकोसेरोलाई महत्वहीन ठानिएको लाटोकोसेरोविद् राजु आचार्यको भनाइ छ।

त्यस्तै बढ्दो अवैध व्यापारसँगै वनजंगलको फँडानी र खण्डीकरण, डढेलो, बुढा रुखहरूको कटानी, आवास निर्माण, सहरीकरण आदिले बासस्थान विनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तन जस्ता कारणहरूले गर्दा लाटोकोसेराहरू लोप हुने अवस्थामा पुगेका छन्।

विष प्रयोग गरी मारिएका मुसा र अन्य साना जीवहरू खाँदा पनि लाटोकोसेरा मर्ने गर्छन्। लाटोकोसेरो नेपालमा केही मानिसहरूले मारेर पनि खाने गरेको पाइन्छ । भारतमा तान्त्रिक विधिमा प्रयोग हुन्छ । चीनमा लाटोकोसेरोको मासु खाएमा यौन रोग र नेपालमा दमको रोग निको हुने भन्ने अन्धविश्वास छ। चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेपछि रक्सी बनाउने गरिन्छ ।

त्यो रक्सी पिउँदा बाथरोग निको हुनुको साथै यौनवद्र्धक हुने विश्वास गरिन्छ । लाटोकोसेरोको अङ्ग घरमा राखे घरको सुरक्षा हुने र घरमा सह आउने कतिपय मानिसहरू विश्वास गर्दछन् । लाटोकोसेरोको छाला तथा प्वाँख घर सजावटमा समेत प्रयोग गरिन्छ । यी विविध कारणहरूले गर्दा लाटोकोसेरोको अवैध व्यापार बढ्दो क्रममा छ।

अन्धविश्वास

अन्धविश्वास तथा मानिसका शौखिन क्रियाकलापका कारण लाटोकोसेराको प्रयोग बढिरहँदा यसले अनाहकमा ज्यान गुमाउन परिरहेको छ। कुनै पनि जीव वा पंक्षीका अंग औषधीय उपयोग र अदृश्य तान्त्रिक शक्तिको स्रोत नभएको र विज्ञानले पनि प्रमाणित नगरेकोले यो नितान्त अन्धविश्वास र भ्रममात्र हो।

यदि लाटोकोसेराका अंग घरमा राखे वा यसको मासु खाए घरमा सह र समृद्धि आउने भए हजारौं नेपालीहरू जो लाटोकोसेरो मारेर मासु खान्छन् किन गरिब नै रहिरहेका छन् त ? यस्तो अन्धविश्वासलाई आमचेतनाको माध्यमबाट निरूपण गर्न सक्नु पर्दछ। लाटोकोसेरा प्रकृति सन्तुलनका सहयोगी अनि कृषकका अनन्य मित्र हुन्।

यसको संरक्षणबाट पर्यापर्यटनको समेत विकास गर्न सकिन्छ। आमसर्वसाधारण माझ लाटोकोसेराको पर्यावरणीय महत्व र अवैध कारोबारमा संलग्न हुँदा रु.२० हजार  देखि ५० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिना देखि  १ बर्ष सम्म कैद वा दुवै हुन सक्ने कानुनी व्यवस्था भएको सचेतना अभिवृद्धि गर्नु जरुरी छ। पैसा आउने जीवजन्तुकापछि दुगुर्ने सरकारी र गैरसरकारी संस्थाहरूले बेलैमा नसोचे र संरक्षणका प्रभावकारी कार्यक्रमहरू बेलैमा नल्याए, यी मानव उपयोगी लाटोकोसेराहरू कुनै संग्राहलयको भित्तामा तस्विरको रूपमा सीमित हुने निश्चित छ ।

 

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...