एकै महिनामा ८७ हजार पर्यटक, सबैभन्दा बढी चिनियाँ नागरिक

September 20, 2018

काठमाडौँ : अघिल्लो वर्षको तुलनामा यो वर्षको अगस्ट महिनामा पर्यटकको आगमन झण्डै १९ प्रतिशतले बढेको देखिएको छ । हवाई तथा स्थल मार्गबाट अउने पर्यटकको संख्यामा गएको वर्षको यहि अवधिमा भन्दा केही बढेको देखिएको पर्यटन बोर्डले जनाएको छ ।

गएको अगस्ट महिनामा नेपालमा ८७ हजार ६७९ जना पर्यटक आएको बोर्डले जनाएको छ । यो अघिल्लो वर्षको यहि अवधिको भन्दा झण्डै १५ हजार बढी हो ।

गएको वर्षको अगस्ट महिनामा ७३ हजार ७७८ पर्यटक हवाई तथा स्थल मार्ग भएर नेपाल आएका थिए । क्षेत्र गत हिसाबमा सबै भन्दा धेरै सार्क देशका नागरिक नेपाल आएका छन् ।

अगस्ट महिनामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका गरी ३८ हजार ९७२ पर्यटक नेपाल आएका छन् । यसमा सबै भन्दा धेरै भारतीय छन् र त्यसपछि श्रीलंकन । अगस्टमा झण्डै २० हजार भारतीय र झण्डै १७ हजार श्रीलंकनले नेपाल भ्रमण गरेका छन् ।

यस्तै अरु एसियाली देशबाट नेपाल भ्रमण गर्नेमा सबैभन्दा अघि चिनियाँ नागरिक रहेका छन् । गएको अगस्ट महिनामा १२ हजार भन्दा बढी चिनियाँ नागरिकले नेपाल भ्रमण गरेका छन् र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच हजार बढी हो ।

युरोपेली देशको कुरा गर्दा बेलायत, स्पेन र इटालीका नागरिक बढी नेपाल आएका छन् । अगस्टमा ३६ सय बेलायती, ३५ सय स्पेनिस र २१ सय इटालियनले भ्रमण गरेका छन् ।

यस्तै यो अवधिमा ४६ सय अमेरिकी नागरिक पनि नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । गएको वर्ष भन्दा यो वर्षको अगस्ट महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १८.८ प्रतिशतले बढेको देखिएको छ ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...