‘प्रचण्डजीले दुर्इ दिनपछि सहमति भंग भयो, भनिदिनुभयो’

September 19, 2018

निकै व्यवधान र चूनौतिका बीच हामीले तीन बर्षअघि संविधानसभाबाट संविधान जारी गरेका थियौं । थुप्रै चूनौति र अफ्ठ्याराहरु थिए । २००७ सालदेखि संविधान सभाबाट संविधान जारी गर्ने जनताको चाहना पुरा भएको अवस्था थिएन । एक पटक संविधान सभा गठन भइ संविधान नबनाई विघटन भयो । दोस्रो संविधान सभा गठन भएर पहिलो संविधानले गरेका कामको स्वामित्व ग्रहण गर्ने काम भयो । संविधान सभालाई अहिलेसम्म भएका क्रान्ति र उपलब्धीलाई संस्थागत गर्ने माध्यमका रुपमा लिइएको थियो ।

संविधान सभा राजनीतिक रुपमा मात्र नभएर सबै हिसावले समावेशी थियो । संविधान सभामा सशस्त्र संघर्षमा गएको दलदेखि कुनै पनि हातलमा परिवर्तन सम्भव छैन भन्नेसम्मका दलहरु थिए । संविधान सभामा ३३ वटा राजनीतिक दलको उपस्थिति थियो । यो विविधताका बीचमा संविधान बनाउनुथियो । स्वभाविक रुपमा सदाझै यो पटक पनि संविधान नबनोस् भन्ने साथीहरु थिए । त्यसका बीचबाट हामीले २०७२ असोज ३ गते संविधान जारी गर्‍यौं ।

संविधान सभाबाट संविधान जारी गर्ने कुरा निकै लोकप्रीय कुरा थियो । संविधान नबनोस् भनेर, संविधान सभाबाट संविधान बन्नुहुँदैन भनेर कोही पनि प्रकट रुपमा देखिनुभएन । हामीले संविधान जारी गर्ने अन्तिम अन्तिम समयमा सबैको बीचमा सहमति गर्नुपर्‍यो भन्नेहरु थिए ।

जनतामा पनि उत्तिकै अविश्वास थियो । पहिलो संविधान सभा संविधान नबनाई विघटन भएको थियो । अब कसरी संविधान बनाउँछौ हामीलाई पहिला विश्वास दिलाउ भनेर जनताले प्रश्न गरेका थिए । सबै दलले हामीले अघिल्लो संविधान सभाले गरेका राम्रा कामको स्वामित्व ग्रहण गरेर एक बर्षभित्र सहमतिबाट संविधा बनाउँछौं, सहमति नभएर प्रक्रियाबाट संविधान बनाउँछौं भनेर जनताका बीचमा प्रतिवद्धता जनाएका थिए ।

संविधान निर्माणका क्रममा भएका प्रत्येक घटनाको मलाई अहिले पनि उत्तिकै याद छ । पहिलो संविधान सभाको अन्तिमतिर २०७०साल जेठ २ गतेको प्रसंग सम्झि न्छुु म । दलहरुका बीचमा राजनीतिक सहमति भयो । सिंगो देश खुसी भयो । सिंहदरवारमा उक्त समितिको बैठक बस्यो । प्रचण्ड जी त्यो समितिको संयोजक हुनुहुन्थ्यो । म आमन्त्रित सदस्य थिए समितिको । त्यहाँ यति राम्रो काम भएको छ यसलाई संविधानको मस्यौदा बनाउनुस् भनेर सहमति भयो । त्यो बैठकले सबै दलका नेतालाई धन्यवाद पनि दियो, संविधान बन्ने भयो भनेर । भोलीपल्टदेखि फेरी छड्के छड्के कुरा आउन थाले । मलाई केही साथीहरुले कँही यस्तो सहमतिले पनि हुन्छ, हामीलाई उधारो सहमति चाहिन्न । हाताहात सहमति चाहिन्छ ।

मैले ति साथीहरुलाई आग्रह गरे कि यो सहमति भत्कियो भने संविधान सभा विघटन हुन सक्छ । अर्काे संविधान सभा गठन नहुने स्थिति आउन सक्छ । हामी शुन्यको अवस्थामा पुग्न सक्छौं र संविधान नबन्ने खतरा आउन सक्छ । पर रुखको टुप्पाको चरा देखाएर हातको चरा फुत्काउने काम नगरौं भनेर मैले आग्रह गरे । त्यसको दुई दिनपछि प्रचण्डले साथीहरुलाई सम्झाउन खोजे तर मान्नुभएन भन्नुभयो । उनले अब यो सहमति भंग हुन्छ भन्नुयो ।

संविधान सभाबाट संविधान जारी गर्ने अन्तिम समयमा केही साथीहरुले प्रक्रिया बहिस्कार गर्नुभयो । हामीले एउटा कुरा बुझाउन नसक्दा त्यो स्थिति आएको थियो । संविधान भनेको सहमतिको दस्तावेज हो । संविधान सभामा रहेका ३१ वटा दलहरु थिए । सबैका आ आफ्ना राजनीतिक विचार थिए । सबैका कुरा संविधानमा पर्न सम्भव थिएन । त्यसमा हामीले समझदारी नगर्ने हो भने कसरी सहमति बन्न सक्छ ? कुनै पनि कुरामा सम्झौता नगर्ने हो भने त ३१ वटा संविधान बन्छन् । यो कुरा हामीले ति साथीहरुलाई सम्झाउन सकेनौं ।

यो देशको नाम परिवर्तन गर्नुपर्छ भन्नेसम्मका कुरा उठे । हामीहरुबीच सहमति भयो र नाम यही राखियो । राष्ट्रिय झण्डा परिवर्तनका कुरा उठे । यो तीनकुने झण्डा कुनै हिन्दु मन्दिरको हुनुपर्छ भनेर साथीहरुले प्रश्न गरे । सूर्यवंशी र चन्द्रवंशी राजाको प्रतिक हुनुपर्छ भनेर प्रश्न उठाइयो । व्यापक छलफल गरियो । र अन्तिममा जबसम्म आकाशमा सूर्य र चन्द्र रहन्छन्, तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैनन् भनेर व्याख्या गर्‍यौं । सबैले सहमति जनाए । हामीले संविधानलाई सकेसम्म सबैको सहमतिको दस्तावेज बनाउन खोजेका थियौं ।

संविधान निर्माणको अन्तिम क्षणमा व्यापक दवाव आउन थाले । मलाई उत्प्रेरित गर्न खालका कुरा आउँथे, लोभलालचका कुरा आउँथे । यति गरेपछि अब तपाईकै पालो हो भनेर भन्ने पनि थिए । हामीसंग सबै छ, जे पनि हुन सक्छ भनेर धम्की दिनेहरु पनि थिए । तर कसैले पनि संविधान जारी नगरौं भनेनन् तर तपाई बौद्धिक मान्छे हुनुहुन्छ, यस्तो अवस्थामा संविधान जारी भए थामिनसक्नुको अवस्था आउँछ भन्नेहरु पनि थिए ।

देशभित्रको शक्तिमा विदेशीको प्रतिबिम्ब आउँथ्यो । संविधान जारी गर्ने समय सार्नका लागि ठुलै प्रयास भएको थियो । त्यो सारेको भए संविधान सभाबाट संविधान जारी हुँदैनथ्यो । संविधान जारी गरेका कारण देशले नाकाबन्दी त भोगेकै हो नि । त्यसका लागि अरु प्रमाण चाहिन्छ र ?

(नेपाल कम्युनिष्ट पार्टीका उपनेता एवम् तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसंगको कुराकानीमा आधारित)

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...