फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन

August 21, 2018

काठमाडौं : सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ ।

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् ।

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् ।

समितिका सदस्य तथा सांसदहरुले समितिको बैठकमा उपस्थित सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटासँग सञ्चारमन्त्रालयका गतिविधिहरुबारे प्रश्न गरेका थिए । सांसहरुले नेपाल टेलिकमको रणनितिक साझेदार, फोरजी सेवामा भएको हिनामिनासहितका विषयमा मन्त्रीसँग प्रश्न गरेका थिए । सांसदहरुले मन्त्री बाँसकोटासँग सञ्चारक्षेत्रलाई नियमन गर्नेबारे पनि प्रश्न गरेका थिए ।

त्यसक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको नियमनका लागि साइबर कानुन निर्माणको क्रममा रहेको बताएका थिए । उनले संघीय संरचना अनुसार सरकारी प्रसारक संस्थान नेपाल टेलिभिजन सातै प्रदेशमा विस्तारका लागि काम भइरहेको बताए । उनलले नेपाल टेलिकमका टावर देशभर विस्तारको काम पनि अघि बढिरहेको बताए ।

बाँस्कोटाले मन्त्रालयका गतिविधि, भावी योजना र रणनीतिबारे समितिलाई जानकारी गराएका थिए । उनले निकट भविष्यमै नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने तयारीमा पनि सरकारले काम थालेको बताएका थिए ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...