मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी

July 25, 2018

काठमाण्डौ। ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैठौ संस्करण हो । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगष्टमा आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा अदीति श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा वराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, जया त्रिपाठी, कृति ढुगेल, लाक्पा शेर्पा, नेलिया गुरुड, पोसा थापा, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल, स्विकृति भट्टराई बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिले अहिले अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, नेपाली कलासंस्कृति तथा पर्यटन विकास, महिला सशक्तिकरण र अधिकार लगायत बिभिन्न शिषयमा प्रशिक्षण लिइरहेका छन् ।

प्रत्येक बर्ष नियमित आयोजना हुँदै आएको यो प्रतियोगतिा सन् २०११ देखि अमेरिकामा सुरु भएको हो । ‘युवा सशक्तिकरणको नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिता नेपाली कलासंस्कृति, भाषा तथा पर्यटनको प्रवद्र्धन गर्नुका साथै वौद्धिक सुन्दरतालाई बढावा दिने रहेको आयोजक संस्थाका संस्थापक अमित शाहले बताए । उनले भने ‘युवतीको प्रतिनिधित्व मार्फत बिदेशमा पनि नेपाल चिनाउने कार्यक्रमको मुल उदेश्य हो ।’ नेपालमा सौदर्य प्रतियोगिताको बिकाश गर्न सफल इ प्लानेट प्रा.लिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको प्रतियोगिता बर्तिका राई, खुश्वु मिश्र, प्रियंका थपलिया लगायतले जितेका छन् । बिगतका बर्षभन्दा ष्यस बर्षको प्रतियोगिता अझ भब्य बनाउन अमेरिकाको डलास क्षेत्र वरपर रहेका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले बताए ।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...