दाङ फन पार्क

July 25, 2018

दाङ । दाङका स्थानीय युवाले मिलेर करिब १० करोड लगानीमा ‘दाङ फन पार्क’ निर्माण गरिरहेका छन्। जिल्लामा एउटा पनि फन पार्क नभएको हुँदा त्यो अभाव पुरा गर्न युवाहरु मिलेर फन पार्क निर्माण गर्न लागेको नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेतले जानकारी दिए। दश जना युवाहरुको लगानीमा घोराही उपमहानगरपालिका वडा नं. १० स्थित दक्षिण अमराईमा आधुनिक फन पार्क निर्माणको काम धमाधम भइरहेको लगानीकर्तासमे रहेका बस्नेतले जानकारी दिए।

फनपार्क निर्माण गर्न झन्डै दश करोड जति लाग्ने पूर्व अनुमान अनुसार हालसम्म डेढ करोड बढी रकम खर्च भइसकेको उनले जानकारी दिए ।अर्का एक लगानीकर्ता सुशिल गिरीले निर्माणाधिन दाङ फन पार्क आगामी असार मसान्तसम्म निर्माण पुरा भएर प्रयोगमा आइसक्ने दाबी गरे। त्यसमा हाल चार वटा ब्लक निर्माण चौघेरा मन्दिरको झन्डै चार विगाहा क्षेत्रफलको उक्त जग्गा ३० वर्षको लागि लिजमा लिएर फन पार्क निर्माण सुरु गरिएको गिरीले बताए ।

फन पार्कमा हालसालै ८ ब्लक निर्माण गर्न लागेको बताएका उनले चापका आधारमा ३२ वटासम्म व्लक निर्माणको योजना तयार पारिएको गिरीले जानकारी दिए। तुलसीपुर–घोराही सडक खण्डमै निर्माण गर्न लागिएको दाङ फनपार्क तुलसीपुरदेखि झन्डै १७ किलोमिटर टाढा र घोराहीवाट झन्डै ७ किलोमिटर टाढा रहेको छ । मुख्य गरि नारायणपुर बजार, घोराही र तुलसीपुरलाई लक्षित गरि दाङ फन पार्क निर्माण गर्न लागिएको जानकारी दिइएको छ ।

पार्टी प्यालेसका लागि सभाहल, विवाह गर्ने मिल्ने हल, रेष्टुरेष्ट, बच्चा बच्चीका लागि इन्डोर गेज, जेष्ट नागरिकका लागि क्लव, खेल मैदान, स्वीमिङ पुलदेखि बोटिङको समेत व्यवस्थापन फन पार्क भित्र गरिने गिरीले जानकारी दिए। गिरीले जिल्लामा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यका साथ फनपार्क निर्माण गर्न लागेको बताए। दाङमा केही सिमित धार्मिकस्थल बाहेक अन्य केही हेर्न लायक स्थान नभएको भन्ने व्यापक जन गुनासोलाई सम्वोधन गर्न आफूहरु जस्तै दश जना युवाहरुको लगानीमा फन पार्क निर्माण सुरु भएको गिरीले बताए। ‘हामी बच्चा बच्चीदेखि जेष्ठ नागरिक सबै रमाउने थलो बनाउन चाहान्छौं,’ गिरीले भने ।

दाङ फन पार्क सञ्चालक समितिका अध्यक्ष मिनराज घिमिरेको अग्रसरतामा निर्माणाधिन फन पार्कमा पोषण विक्रम रावत, अनिल बस्नेत, नवराजराज भण्डारी, रुपक थापा, नरेश श्रेष्ठ,धनवहादुर केसी, सुनिल गिरीको लगानी रहेको बस्नेतले जानकारी दिए।  पार्क भित्र स्थानीय परिकारहरु, स्थानीय उत्पादन, कला संस्कृति र भेषभुषा राखेर आन्तरिक पर्यटनको प्रबद्र्धन गर्न भूमिका खेल्ने योजना रहेको बस्नेतले बताए।

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...