अब सरकारी कार्यालयमा ट्वीटर अनिवार्य

July 25, 2018

काठमाडौं: सरकारले सबै सरकारी कार्यालयलाई सामाजिक सञ्जाल ‘ट्वीटर’ अनिवार्य रुपमा सञ्चालन गर्ने गरी निर्देशिका तयार पारेको छ ।

सरकारी कार्यालयले ट्वीटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै सरकाले यसको लागि कार्यविधि तयार पारी अघि बढेको बताएको छ । यो सँगै सरकारी कार्यालयले अनिवार्यरुपमा आफ्नै ट्वीटर ह्याण्डल सञ्चालन गर्नु पर्नेछ ।

उक्त ट्वीटर ह्याण्डलमार्फत आफ्नो मन्त्रालय तथा विभागको सुचान प्रकाशित गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

उनका अनुसारसबै सरकारी त्यसकालागि प्रधानमन्त्री कार्यलयले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्य्विधि, २०७५’ तयार पारी सकेको छ । उक्त कार्यविधिमाथि सचिव लेवलमा छलफल भइरेको उनले बताए । अपाध्यायका अनुसार त्यहाँबाट आएको कार्यविधिलाई स्विृत गरि विभाग र मन्त्रालयमा ट्वीटर ह्याण्डल खोल्नका लागि परिपत्र गरिने छ ।

उनका अनुसार उक्त कार्यविधिले सबै मन्त्रालय र विभागलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत सुचना प्रदान गर्नको लागि अनिवार्य बनाउने छ ।

यसका साथै कार्यविधिले मन्त्रालय र विभागलाई सुचना उपपलब्ध गराउँदा एक रुपता प्रदान गर्नको लागि मार्गदर्शन समेत गर्ने उनले बताए । उक्त ट्विटर ह्याण्डलबाट सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्नु पर्नेछ ।

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...