प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

March 3, 2018

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा एकाएक नेपाल प्रहरीको भ्यान तैनाथ भयो । मन्त्रीलाई दिइनेभन्दा बढी सुरक्षा तैनाथ गरिएपछि छिमेकीहरूले चासो दिन थाले । केही दिनअघिदेखि उक्त घरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि आवत–जावत बढेको छिमेकीहरूले देखेका थिए ।

उनीहरूले अनुमान लगाए– ‘यो घरका मालिक एवं शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिका प्रमुख शारदा अधिकारीले पक्कै पनि महत्वपूर्ण मन्त्रालय पाउँदैछन् ।’

तर यथार्थता त्यो थिएन । आफूलाई विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले पछ्याइरहेको भन्दै सुरक्षाको माग गरेपछि ठेकेदार अधिकारीलाई मन्त्रीसरह राज्यको सुरक्षा प्रबन्ध प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले मिलाइदिएका हुन् । एमाले–माओवादी पार्टी एकीकरणसम्बन्धी कार्यदलको अधिकांश बैठक यही घरमा बस्ने गर्दछ । बाहिर महँगो होटलहरूमा बस्ने बैठकको खर्च प्रबन्ध पनि उनैले गर्छन् । कहिलेकाहीँ ओली र प्रचण्डबीच भेटवार्ता गर्ने थलो पनि यही हो ।

 

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले साँच्चि नै निशाना बनाउन लागेको हो या ? उनी आफैंले सरकारी सुरक्षा लिन यो नाटक गरेका हुन् ? भन्ने प्रश्नमा समाचार स्रोतले उनको कथा यसरी सुनायो ।

शारदा अधिकारी जनयुद्धको सुरुवाती बेलाकै छापामार हुन्, उनको घर नुवाकोट हो । उनी यानप्रसाद गौतमका अत्यन्त विश्वासपात्र थिए । गौतमले चन्दा उठाउने मुख्य जिम्मेवारी यिनैलाई दिएका थिए, गौतम मातहत उठेको चन्दाको राखनधरण अधिकारीकै मातहतमा थियो । लुटिएको र चन्दा उठाइएको रकम अधिकारीले ठमेल र नयाँ बसपार्कतिरका नुवाकोटे व्यवसायीहरूलाई दिने गर्दथे ।

माओवादीभित्रकै आन्तरिक द्वन्द्वमा यानप्रसाद गौतम मारिएपछि अधिकारी पनि जनयुद्धबाट पलायन भए । काठमाडौं आएर कम्प्युटर तालिम गरी सानोतिनो व्यवसाय गरे । यसैबीच, उनले एकाएक ‘क’ वर्गको शैलुङ कन्स्ट्रक्सन कम्पनी खरिद गरे । यानप्रसाद मारिएका कारण सबै रकम उनको मातहतमा भएका कारण त्यही पैसा खर्च गरेर ठेकेदार कम्पनी नै किने । उनको ठेक्कापट्टा फस्टाउँदै गयो । तर माओवादीसँग उत्तिकै डर थियो उनलाई ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डका छोरा प्रकाश दाहालसँग उनले सम्पर्क जोडे । पुरानै चिनजान भएकाले प्रकाशले पनि विश्वास गरे । प्रचण्डले पछिल्लो समयमा जम्मा गरेको रकम प्रकाश दाहालले व्यवसायमा लगाउन उनैलाई दिएका थिए । यसबापत प्रकाशलाई उनले खुमलटारमा घर नै किनिदिएका थिए ।

तर प्रकाश दाहालको अचानक निधन भएपछि प्रचण्डको पैसाको हिसाबकिताबसमेत दिनुपरेन । जसरी राजा वीरेन्द्रको बंश विनाशपछि कसैलाई अपुताली परेको थियो, त्यसैगरी यानप्रसाद गौतम मारिएपछि र प्रकाश दाहालको निधनपछि ठेकेदार अधिकारी अर्बपति बनेका छन् ।

आफ्नो धनको पूरा जानकारी विप्लवलाई छ भन्ने हेक्का अधिकारीले राखेका छन् । कुनै पनि बेला विप्लवको पार्टीले ‘जनयुद्ध’ मा जम्मा भएको रकम फिर्ता माग्न सक्ने डरले उनले मन्त्रीसरह सरकारी सुरक्षाकर्मी लिएको समाचार स्रोतले जनाएको छ ।

 

तरुणखवरबाट साभार

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार आक्रामक

काठमाडौँ : लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन...

नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा पुनः कार्की

Featured Video Play Icon

 काठमाण्डौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले पुनः गणेश कार्कीको...

प्रचण्डको सम्पत्तिमा विप्लवको नजर

काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा...

नेविसंघको ‘एक बुथ ५० युथ’ अभियान

 काठमाडौं: नेपाली कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च...